Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

दिपेन्द्र खनाल, एभरेष्ट न्युज डेस्क

Radio Everest by Radio Everest
August 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र २, सोलुखुम्बु । सोलुखुम्बुका विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थामा सञ्चालनमा रहेका एम्बुलेन्सका कारण जिल्लाका नागरिकलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज भएको छ । हाल प्राप्त विवरणअनुसार जिल्लाका सात स्थानीय तहमा कम्तीमा १३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । लिखुपिके गाउँपालिकाको विवरण प्राप्त हुन बाँकी रहेकाले जिल्लाभरको कुल संख्या भने थप हुन सक्नेछ ।
दुर्गम भौगोलिक अवस्था, लामो दूरी र सीमित यातायात सुविधाका कारण सोलुखुम्बुमा एम्बुलेन्स सेवा स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बन्दै गएको छ । स्थानीय तहहरूले आफ्नै स्रोत तथा विभिन्न सहयोगमार्फत प्राप्त एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् ।

१. साेताङ्ग गाउँपालिका 

सोताङ गाउँपालिकामा दुईवटा एम्बुलेन्स सञ्चालनमा छन् । गाउँपालिकामा एउटा शववाहनसमेत रहेको सूचना अधिकारी अरुण बस्नेतले जानकारी दिए । पालिकाभित्र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइन्छ । काठमाडौँसम्म बिरामी लैजानुपर्दा १५ देखि १६ हजार रुपैयाँसम्म खर्च हुने गरेको बस्नेतले बताए । आवश्यकताअनुसार छिमेकी पालिकाका नागरिकलाई समेत एम्बुलेन्स सेवा उपलब्ध गराउने गरिएको छ ।

२. थुलुङ्ग दुधकाेशी गाउँपालिका 

थुलुङ दूधकोशी गाउँपालिकामा एउटा एम्बुलेन्सले सबै वडामा सेवा दिइरहेको छ । नेपाल–भारत सहयोगमार्फत प्राप्त उक्त एम्बुलेन्स करिब पाँच वर्षदेखि सञ्चालनमा रहेको पालिका प्रवक्ता तथा वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए । सल्लेरीसम्म पुग्दा २ देखि ३ हजार र काठमाडौँसम्म पुग्दा करिब १५ देखि १७ हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ । गाउँपालिकाले सुत्केरी तथा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ भने विपन्न नागरिकलाई पालिकाको सिफारिसका आधारमा सेवा उपलब्ध गराउने गरेको कार्कीले बताए ।

३. सोलुदूधकुण्ड नगरपालिका

सोलुदूधकुण्ड नगरपालिकामा नगरपालिका तथा स्वास्थ्य संस्थामार्फत पाँचवटा एम्बुलेन्स सञ्चालनमा छन् । तिङ्ला, केरुङ, बेनी स्वास्थ्य चौकी, सल्लेरी र टाप्टिङमा एक–एकवटा एम्बुलेन्स रहेको नगरपालिकाले जनाएको छ । यी एम्बुलेन्सले जिल्ला अस्पताल फाप्लुका बिरामीलाई समेत सेवा दिँदै आएका छन् । सोलुदूधकुण्डबाट बीपी राजमार्ग हुँदै काठमाडौँ पुग्दा करिब ९ हजार र चरिकोट हुँदै जाँदा करिब १३ हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको जनस्वास्थ्य निरीक्षक चमरबहादुर मगरले बताए । गर्भवती तथा सुत्केरीलाई फाप्लु वा मिसन अस्पतालसम्म निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था रहेको उनले जानकारी दिए ।

४. नेचासल्यान गाउँपािलका 

नेचासल्यान गाउँपालिकामा दुईवटा स्वास्थ्य एम्बुलेन्स सञ्चालनमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा एउटा र गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको जनाइएको छ । सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा बालबालिकालाई पालिकाबाट सल्लेरी वा मिसन अस्पतालसम्म लैजाँदा निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था रहेको छ ।

५. माप्य दुधकाेशी गाउँपालिका 

माप्य दूधकोशी गाउँपालिकामा भने आफ्नै एम्बुलेन्स छैन । आवश्यक पर्दा नजिकका पालिकासँग समन्वय गर्ने वा फाप्लु अस्पतालसँग सहकार्य गरेर बिरामीको व्यवस्थापन गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख जितेन्द्र यादवले जानकारी दिए । एम्बुलेन्स खरिदका लागि माग गरिएको भए पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उनले बताए ।

६. खुम्बु पासाङ्ल्हामु गाउँपालिका

खुम्बु पासाङल्हामु गाउँपालिकामा पनि हाल आफ्नै एम्बुलेन्स छैन । सडक सञ्जालको अवस्थाका कारण एम्बुलेन्स खरिद नगरिएको स्वास्थ्य शाखा प्रमुख डम्बरकुमारी खड्काले जानकारी दिइन् । आकस्मिक अवस्थामा एयर एम्बुलेन्स प्रयोग गर्ने गरिएको र त्यसको आर्थिक व्यवस्थापन पालिकाले नै गर्दै आएको उनले बताइन् । गाउँपालिकाले अब एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइरहेको छ ।

७. महाकुलुङ गाउँपालिका

महाकुलुङ गाउँपालिकामा तीनवटा एम्बुलेन्स सञ्चालनमा छन् । वडा नं. ४ र ५ का लागि एउटा, वडा नं. २ र ३ का लागि एउटा तथा पालिका अस्पतालका लागि एउटा एम्बुलेन्स प्रयोग भइरहेको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले गर्भवती तथा सुत्केरी, ८० वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । अन्य सेवाग्राहीका लागि भने दूरीअनुसार शुल्क लाग्ने गरेको छ । फाप्लुसम्म करिब ५ हजार, ओखलढुंगासम्म १० हजार तथा काठमाडौँ वा तराईसम्म पुग्दा २० देखि २२ हजार रुपैयाँसम्म खर्च हुने गरेको आचार्यले बताए ।

 

                                              जिल्ला अस्पताल फाप्लुसँग छैन एम्बुलेन्स 
यता जिल्ला अस्पताल फाप्लुसँग पनि आफ्नै एमबुलेन्स नभएको जानकारी प्राप्त भएको छ । अस्पतालले सोलुदुधकुण्ड नगरपालिकासँग भएका एमबुलेन्सहरु प्रयोग गर्दै आयरहेको जिल्ला अस्पताल सोलुखुम्बुका प्रमुख विनेश मण्डलले बताउनुभयो । यद्यपी अस्पतालले यस आथिक वर्ष भित्र एम्बुलेन्स खरिद गर्ने गरि अस्पताल व्यवूथापन समितिमा निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समनवय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको भनाई छ । स्थानीय तहमा एम्बुलेन्स सेवा सञ्चालन र विस्तार भएसँगै बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन सहज भएको छ । विशेषगरी गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका र विपन्न नागरिकलाई निःशुल्क वा सहुलियत सेवा उपलब्ध गराउने व्यवस्थाले उपचारमा पहुँच बढाउन सहयोग पुगेको स्थानीय तहका स्वास्थ्य शाखाहरूको भनाइ छ ।

सोलुखुम्बुको भौगोलिक अवस्थालाई हेर्दा एम्बुलेन्स सेवा बिरामीका लागि अस्पतालसम्म पुग्ने महत्वपूर्ण माध्यम बनेको छ । स्थानीय तहहरूले सञ्चालन गरेका एम्बुलेन्सले जिल्लाभित्रका स्वास्थ्य संस्थासँगै आवश्यकताअनुसार ओखलढुंगा, काठमाडौँलगायतका स्थानसम्म बिरामी पु¥याउने गरेका छन् ।

लिखुपिके गाउँपालिकाको एम्बुलेन्ससम्बन्धी विवरण प्राप्त भएपछि जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको कुल संख्या थप स्पष्ट हुनेछ । हाल प्राप्त विवरणअनुसार भने सात स्थानीय तहमा १३ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

Previous Post

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

Next Post

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly