Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

Radio Everest by Radio Everest
August 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शिक्षा, समुदाय विकास र अधिकारमा आधारित क्षेत्रमा काम गर्दै आएको सहयोगी हातहरूको समूह (साहस) नेपालले आफ्नो ३१औँ वार्षिकोत्सव मनाएको छ। मंगलबार सदरमुकाम सल्लेरीमा विशेष कार्यक्रम आयोजना गरी संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो। साहस नेपालले तीन दशक लामो यात्राका क्रममा दुर्गम तथा पछाडि परेका समुदायलाई केन्द्रमा राखेर विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाएको छ।

वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाले स्थानीय समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न शुभकामना दिएका थिए। जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पा तथा गैरसरकारी संस्था महासंघ सोलुका अध्यक्ष दीपकराज भण्डारीलगायतले साहस नेपालको निरन्तर प्रगति र सफलताको कामना गर्नुभयो। वार्षिकोत्सवलाई संस्थाका आगामी प्राथमिकता सार्वजनिक गर्ने अवसरका रूपमा समेत लिइएको छ। कार्यक्रममा परियोजना संयोजक चूडामणि पहाडीले साहस नेपालले सोलुखुम्बुका दुई स्थानीय तहमा ‘गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन’ परियोजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा अप्रिल २०२५ देखि डिसेम्बर २०२८ सम्म सञ्चालन हुने परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै समुदायको सहभागिता बढाउने लक्ष्य लिएको छ। परियोजनामा साहस नेपाल मुख्य कार्यान्वयनकर्ता संस्थाका रूपमा रहेको छ भने जर्मन सरकार र चाइल्डफन्ड नेटवर्क फाउन्डेसनबाट आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ। संयोजक पहाडीका अनुसार शिक्षा सुधार केवल विद्यालय वा शिक्षकको प्रयासबाट मात्र सम्भव नहुने भएकाले समुदाय, अभिभावक, शिक्षक तथा स्थानीय तहबीचको सहकार्यलाई परियोजनाले प्राथमिकतामा राखेको छ। साहस नेपालको कामको अर्को महत्वपूर्ण पक्ष भनेको गरिब, सीमान्तकृत तथा बहिष्करणमा परेका समुदायलाई विकासको मूल प्रवाहमा जोड्नु हो।

संस्थाले स्थापनाकालदेखि नै अधिकारमा आधारित र समुदायमा आधारित समावेशी प्रक्रियालाई अवलम्बन गर्दै दुर्गम क्षेत्रमा काम गर्दै आएको जनाएको छ। ३१औँ वर्षमा प्रवेश गर्दै गर्दा साहस नेपालका लागि वार्षिकोत्सव केवल विगतको समीक्षा गर्ने अवसर नभई आगामी यात्राको दिशा तय गर्ने अवसरसमेत बनेको छ। विशेषगरी शिक्षा, सामाजिक समावेशीकरण र समुदाय सशक्तीकरणका क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता संस्थाले दोहोर्‍याएको छ। तीन दशकभन्दा लामो यात्रामा हासिल गरेको अनुभवलाई नयाँ कार्यक्रम र परियोजनामार्फत थप प्रभावकारी बनाउँदै लैजान सके सोलुखुम्बुका दुर्गम तथा अवसरबाट वञ्चित समुदायका लागि साहस नेपालको भूमिका अझ महत्वपूर्ण बन्ने देखिन्छ।

Previous Post

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

Next Post

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly