Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Radio Everest by Radio Everest
August 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ५, सोलुुखुम्बु । कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना, अवसर तथा चुनौती पहिचान गर्ने उद्देश्यले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कोशी प्रदेश सरकार, प्रदेश योजना आयोगको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रममा जिल्लामा उत्पादित वस्तुको पहिचान, निर्यात प्रवर्धन, बजार विस्तार तथा स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने विषयमा छलफल गरिएको हो ।

कार्यक्रमको अध्यक्षता प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायका सचिव,  सोलुखुम्बुका स्थानीय तहका प्रमुख तथा उपप्रमुख,  उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाले कोशी प्रदेशमा निर्यात प्रवर्धनका लागि भइरहेका प्रयास तथा वर्तमान अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरणका क्रममा सहभागीले जिल्लामा उत्पादित वस्तुको निर्यात सम्भावना, अवसर तथा चुनौतीबारे उठाएका प्रश्नको जवाफ दिँदै नेपालमा जनशक्तिको अभाव र उत्पादनको मात्रा कम भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु पु¥याउन चुनौती रहेको बताइएको थियो । सोलुखुम्बुमा उत्पादन हुने वस्तुको पहिचान गरी कोशी प्रदेशबाट बाह्य बजारमा पठाउन सकिने वस्तुको सूची तयार गरिने जानकारीसमेत कार्यक्रममा दिइएको थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष निरौलाले सोलुखुम्बुमा धेरै वस्तु उत्पादन हुने सम्भावना रहे पनि ती वस्तुको पर्याप्त पहिचान हुन नसकेको बताउनुभयो । जिल्लामा उत्पादित वस्तुको निर्यात सम्भावना, अवसर र चुनौती पहिचान गर्ने अभ्यास नयाँ सुरुआतका रूपमा अघि बढाइएको उहाँको भनाइ थियो ।

यसैगरी कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालय सोलुखुम्बुले जिल्लामा उत्पादन हुने कृषिजन्य तथा वनजन्य निर्यातयोग्य वस्तुका विषयमा प्रस्तुतीकरण गरेका थिए । उद्योग वाणिज्य सङ्घले जिल्लाको उत्पादन, बजार तथा निर्यातको अवस्था र आवश्यक नीतिगत सुधारका विषयमा जानकारी गराएको थियो । कार्यक्रममा निर्यात प्रवर्धनका सम्भावित क्षेत्र पहिचान गरी विषयगत समूहमा छलफलसमेत गरिएको थियो । कृषिजन्य उत्पादनतर्फ चिया, कफी, तरकारी तथा फलफूल, अलैँची, अदुवा, बेसार, सुपारी र मरिचका विषयमा छलफल भएको थियो । त्यसैगरी जडीबुटी तथा प्राकृतिक उत्पादन, पर्यटन तथा आतिथ्यता, हस्तकला तथा निर्यातजन्य उद्यम, डेरी तथा मासुजन्य उत्पादन तथा स्थानीय तहसँग सम्बन्धित विषयलाई समेत छलफलमा समेटिएको थियो ।

सरोकारवालाले सोलुखुम्बुमा उत्पादन हुने मौलिक तथा स्थानीय वस्तुको गुणस्तर वृद्धि, उत्पादनको व्यावसायीकरण, बजार विस्तार तथा निर्यातका लागि आवश्यक पूर्वाधार निर्माण र नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, बजार सूचना, पूर्वाधार तथा सरकारी सहजीकरण आवश्यक रहेको सहभागीको भनाइ थियो । स्थानीयस्तरमा उत्पादनको सम्भावना भए पनि बजार, ढुवानी, उत्पादन लागत, गुणस्तर प्रमाणीकरण तथा निर्यात प्रक्रियासम्बन्धी समस्याले उद्यमीलाई चुनौती भइरहेको बताइएको छ ।

कार्यक्रमबाट प्राप्त सुझाव तथा छलफलले कोशी प्रदेशको आर्थिक कूटनीति तथा निर्यात प्रवर्धन रणनीति तर्जुमा गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । स्थानीय उत्पादनको पहिचान गरी मूल्य अभिवृद्धिसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्रदेश सरकारले नीतिगत तथा संस्थागत पहललाई थप प्रभावकारी बनाउनेमा समेत कार्यक्रममा जोड दिइएको थियो ।

Previous Post

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

Next Post

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly