Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा बाहिरी तरकारीसँग प्रतिस्पर्धा गर्दै स्थानीय किसान

Radio Everest by Radio Everest
August 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ ७, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थानीयस्तरमा उत्पादन गरिएका विषादीरहित तथा अर्गानिक तरकारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । स्थानीय किसानले आफ्नै बारीमा उत्पादन गरेका सागसब्जी बिक्रीका लागि हाटबजारमा ल्याउने गरेका छन् । स्वास्थ्यप्रति सचेत उपभोक्ताले बाहिरबाट आउने तरकारीको तुलनामा स्थानीय उत्पादन रोज्न थालेपछि अर्गानिक तरकारीको बजारसमेत विस्तार हुँदै गएको किसानको भनाइ छ ।

सल्लेरीको हाटमा विगत २० वर्षदेखि तरकारी बिक्री गर्दै आउनुभएका छुल्यामुका दोमी शेर्पाले आफूले अहिलेसम्म विषादी प्रयोग नगरी तरकारी उत्पादन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनमा लगानी र उत्पादन समय बढी लाग्ने भए पनि उपभोक्ताले अर्गानिक तरकारी खोज्ने गरेका छन् ।

“हाम्रोमा चिसो मौसम भएकाले तरकारी उत्पादन गर्न धेरै समय लाग्छ । तराईमा वर्षमा दुई–तीन पटक उत्पादन हुन्छ, यहाँ एउटा तरकारी उत्पादन गर्न नै पाँच–छ महिनादेखि आठ–नौ महिनासम्म लाग्छ,” उहाँले भन्नुभयो, “त्यसैले हाम्रो लागत बढी हुन्छ र सस्तोमा बेच्न सकिँदैन । तर हामीले अहिलेसम्म विषादी प्रयोग गरेका छैनौँ ।” शेर्पाका अनुसार सल्लेरी र नयाँ बजार क्षेत्रमा पछिल्लो समय तराईलगायत बाहिरी जिल्लाबाट तरकारी भित्रिने क्रम बढेको छ ।

बाहिरबाट सस्तो मूल्यमा तरकारी आएपछि स्थानीय उत्पादनले अपेक्षित मूल्य नपाउने गरेको उहाँको भनाइ छ । यसले स्थानीय किसानको उत्पादन र व्यवसायप्रतिको उत्साहसमेत घटाउने गरेको उहाँले बताउनुभयो । हाल सल्लेरीको हाटमा स्थानीय उत्पादनको टमाटर प्रतिकिलो १०० रुपैयाँ तथा काउली १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । बाहिरबाट तरकारीको आयात कम हुँदा काउली प्रतिकिलो १५० रुपैयाँसम्म बिक्री गर्ने गरेको शेर्पाले बताउनुभयो ।

उहाँले तरकारी बिक्रीबाट मासिक करिब ३० देखि ३५ हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । “बजारमा अर्गानिक राम्रो नै खानुपर्छ भन्ने ग्राहक पनि हुनुहुन्छ । सस्तो भए पुग्छ भन्ने ग्राहक पनि हुनुहुन्छ,” शेर्पाले भन्नुभयो, “तर अर्गानिक तरकारी खोज्ने ग्राहकको संख्या पनि कम छैन ।” स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आउने तरकारीमा आवश्यक नियमन तथा स्थानीय उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने शेर्पाको माग छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर स्थानीय किसानलाई उत्पादनमा प्रोत्साहन गर्न सके कृषि व्यवसायप्रति किसानको आकर्षण बढ्ने उहाँको विश्वास छ ।

यसैगरी सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुकी जयन्ती राई पनि आफ्नै बारीमा विषादीरहित तरकारी उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ । उहाँ शनिबार बिहानै नयाँ बजारमा साग, स्कुस, बन्दा, काउलीलगायतका तरकारी लिएर पुग्ने गर्नुहुन्छ । राईका अनुसार हालसम्म आफूले उत्पादन गरेका तरकारी खेर जाने अवस्था आएको छैन । ग्राहकले स्थानीय तथा अर्गानिक तरकारी खोज्ने भएकाले उत्पादन भएको तरकारी बिक्री गर्न सहज भएको उहाँको भनाइ छ । तरकारी बिक्रीबाटै घरव्यवहार चलाउँदै आउनुभएकी राईले स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्दै गएको बताउनुभयो ।

स्थानीय किसानले विषादीरहित तरकारी उत्पादन गरे पनि बाहिरी जिल्लाबाट आउने सस्तो तरकारीका कारण बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको बताएका छन् । उनीहरूले स्थानीय उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापन र किसानलाई उचित मूल्यको सुनिश्चितता गर्न सके सोलुखुम्बुमा अर्गानिक कृषि उत्पादनको सम्भावना अझ बढ्ने बताएका छन् ।

Previous Post

लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

Next Post

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly