भदौ ८, सोलुखुम्बु । लिखुपिके गाउँपालिकाले प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ । प्रहरी सेवामा प्रविधिको प्रयोग बढाउँदै डिजिटलमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले उक्त सामग्री उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा र प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले संयुक्त रूपमा प्रहरी चौकीलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।
प्रविधियुक्त सामग्रीको सहयोगबाट प्रहरी चौकीको प्रशासनिक काम तथा सेवा प्रवाहलाई थप छिटो, सहज, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । प्रहरी चौकीमा आवश्यक सूचना तथा अभिलेख व्यवस्थापन, पत्राचारलगायतका प्रशासनिक कार्यलाई डिजिटल माध्यमबाट सञ्चालन गर्न यस सहयोगले सहजता हुने अपेक्षा गरिएको छ । स्थानीय तहबाट प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने प्रयासस्वरूप गरिएको सहयोगले प्रहरी चौकीको दैनिक कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।











Discussion about this post