Tuesday, October 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

Radio Everest by Radio Everest
August 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ ८, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुले उपचारसँगै रोगको पहिचान, परामर्श, योग तथा स्वास्थ्य प्रवद्र्धनसम्बन्धी सेवा दिन थालेपछि आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको जनाएको छ । केन्द्रका प्रमुख बैजनाथ शाहका अनुसार केन्द्रमा मुख्यतः बहिरङ्ग (ओपीडी) सेवा सञ्चालनमा रहेको छ । बिरामीको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्शपछि उपचार सेवा प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।

केन्द्रको विशेष सेवाका रूपमा पञ्चकर्म तथा पूर्वकर्म सेवा सञ्चालनमा रहेको छ । पञ्चकर्मअन्तर्गत आँखासम्बन्धी समस्या, वातरोग तथा जोर्नी दुखाइ, नाक तथा पिनासको समस्या र मानसिक तनावका लागि शिरोधारा लगायतका सेवा उपलब्ध रहेको शाहले जानकारी दिनुभयो । यस्तै, पायल्स, बवासिर तथा कब्जियतजस्ता मलद्वारसम्बन्धी समस्याको समेत परीक्षण तथा उपचार गरिने उहाँको भनाइ छ । औषधिबाट उपचार सम्भव नभएका बिरामीलाई भने माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस गरिने उहाँले बताउनुभयो । केन्द्रमा प्रयोगशाला सेवा पनि उपलब्ध रहेको छ । आयुर्वेदिक स्वास्थ्य संस्थामा जडीबुटीजन्य औषधि मात्र पाइन्छ भन्ने बुझाइ गलत भएको उल्लेख गर्दै शाहले आवश्यकताअनुसार रगत परीक्षणलगायत स्वास्थ्य परीक्षणसमेत गरिने बताउनुभयो । केन्द्रबाट करिब ३५ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

उपचारसँगै रोगको रोकथाम र स्वास्थ्य प्रवद्र्धनलाई समेत केन्द्रले प्राथमिकता दिएको छ । बिरामीको नसर्ने रोगसम्बन्धी जोखिम पहिचान गर्न स्क्रिनिङ गर्ने, रक्तचाप, मिर्गौला, मुटु, शरीरको तौल तथा मोटोपनलगायतका विषयमा परीक्षण गरी आवश्यक परामर्श दिने गरिएको शाहले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा उपचारात्मक योगसमेत सिकाइन्छ। सामान्य रूपमा गरिने योगभन्दा फरक रोग र स्वास्थ्य अवस्थाअनुसार आवश्यक योग अभ्यास सिकाउने गरिएको उहाँले बताउनुभयो । केन्द्रले स्वास्थ्य संस्था परिसरमा मात्र नभई जिल्लाका विभिन्न पालिकामा पुगेर नागरिक आरोग्य अभियानसमेत सञ्चालन गर्दै आएको छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको शाहले बताउनुभयो । विद्यालयमा पुगेर विद्यार्थीलाई नसर्ने रोग, तनाव, एन्जाइटी, डिप्रेसन तथा मानसिक स्वास्थ्यका विषयमा सचेतना प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको छ ।

ज्येष्ठ नागरिक तथा स्तनपान गराइरहेका आमाहरूका लागि पनि आयुर्वेदमा उपयोगी औषधि तथा सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक सेवाप्रति अपेक्षाकृत कम आकर्षण हुनुमा राज्यको लगानी, प्राथमिकता र प्रचारप्रसारको कमी मुख्य कारण रहेको शाहको बुझाइ छ । उहाँले आयुर्वेद र एलोप्याथिक उपचारबीच तुलना गर्दा सेवा मात्र नभई राज्यको लगानी र जनशक्तिको अवस्थालाई समेत हेर्नुपर्ने बताउनुभयो । आयुर्वेदिक उपचार विशेषगरी दीर्घरोग तथा पुराना स्वास्थ्य समस्याका लागि प्रभावकारी हुने उहाँको भनाइ छ । पेटसम्बन्धी समस्या, वातरोग, जोर्नी दुखाइ तथा मलद्वारसम्बन्धी समस्याका बिरामीले आयुर्वेदिक उपचारबाट लाभ लिन सक्ने उहाँले बताउनुभयो ।

“आयुर्वेदका सेवा पूर्ण रूपमा सञ्चालन गर्ने र त्यसको पर्याप्त प्रचारप्रसार गर्ने हो भने नागरिकको आकर्षण अझ बढ्छ,” शाहले भन्नुभयो । सोलुखुम्बु जडीबुटीको सम्भावना भएको जिल्ला भए पनि यहाँ पाइने जडीबुटीको पहिचान, प्रशोधन र व्यावसायिक उपयोगमा अझै पर्याप्त काम हुन नसकेको उहाँले बताउनुभयो । जिल्लामा पाइने दुर्लभ जडीबुटीको अध्ययन, सङ्कलन तथा प्रशोधन गरी औषधि उत्पादनमा प्रयोग गर्न सके स्थानीय अर्थतन्त्र र स्वास्थ्य दुवै क्षेत्रमा योगदान पुग्ने उहाँको भनाइ छ । प्रदेश सरकारले जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको जानकारी आफूले पाएको बताउँदै शाहले प्रशोधन केन्द्र स्थापना भए स्थानीयस्तरमा पाइने जडीबुटी सङ्कलन, प्रशोधन तथा औषधि निर्माणतर्फ लैजान सकिने बताउनुभयो ।

यसका लागि किसानसँग सम्बन्धित कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । केन्द्रको आगामी योजनामा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिइएको छ । नागरिक आरोग्य अभियानलाई जिल्लाका सबै पालिकामा विस्तार गर्दै जीवनशैली सुधार र स्वास्थ्य प्रवद्र्धनमा जोड दिने योजना रहेको शाहले बताउनुभयो । यसैबीच, केन्द्रले सोलुखुम्बुमा पहिलोपटक ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। आगामी महिनादेखि ६ महिनादेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको शाहले जानकारी दिनुभयो । कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चारमाध्यम तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यापक जानकारी प्रवाह गरिने उहाँले बताउनुभयो ।

Previous Post

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

Next Post

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly