भदौ ९, सोलुखुम्बु । सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। संघको विधान २०५७ (संशोधन २०५९) अनुसार सोमबार काठमाडौंको तिलगंगास्थित गोशाला काठमाडौंमा सम्पन्न निर्वाचनबाट पोखरेलसहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको संघले जनाएको छ। निर्वाचनबाट प्रथम उपाध्यक्षमा डिकी शेर्पा, द्वितीय उपाध्यक्षमा मदनकुमार चुडाल, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा छोकी शेर्पा र कोषाध्यक्षमा नाङ्दा शेर्पा निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यमा लाक्पा याङ्जी शेर्पा र पासाङ लामु शेर्पा चयन हुनुभएको छ। संघले सगरमाथा आरोहीहरूको हकहित, हिमाली क्षेत्रको संरक्षण तथा पर्वतीय पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको छ। संघको आधिकारिक विवरणअनुसार यसले हिमाली क्षेत्रमा वातावरण संरक्षण, सरसफाइ तथा आरोही समुदायको हितका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नवनिर्वाचित कार्यसमितिले सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षणसँगै आरोही, गाइड तथा पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध समुदायको हितमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post