भाद्र १०, साेलुखुम्बु । सोलुखुम्बुमा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका ३५ वर्षीय ग्याल्जेन शेर्पा भालुको आक्रमणबाट घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बुधबार दिउँसो करिब ४ बजे जुनबेसी सामुदायिक वनमा च्याउ टिप्न गएका बेला शेर्पामाथि जंगली भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट शेर्पाको अनुहारमा गम्भीर चोट लागेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको प्रहरीले जनाएको छ ।
त्यसपछि एम्बुलेन्समार्फत उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको थियो । अस्पतालमा उनको अवस्था गम्भीर रहेको र अप्रेसन थिएटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी बेनीबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ ।










Discussion about this post