भदौ ११, सोलुखुम्बु । रसुवामा आएको बाढीपछि खोटाङका सात जना सम्पर्कविहीन भएका छन् । रसुवा बाढी प्रभावित क्षेत्रमा कार्यरत उनीहरू बुधबारदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा बाम्राङका नेपाली सेनामा कार्यरत पवन खत्री दाहाल, जलेश्वरीका ट्रेकिङ गाइड बालकुमार तामाङ, ऐसेलुखर्कका युवराज राई र सोही स्थानका यसबहादुर राई रहेका छन् ।
यस्तै, माक्पाका होटल गार्ड तारानाथ थापा, खाल्लेका सुरुङ मार्गमा कार्यरत सुर्जबहादुर परियार र विजयखर्कका सवारी चालक कबिन राई पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा भदौ ११ गते दिउँसो १२ बजेसम्म उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको हो ।
प्रहरीले सम्बन्धित व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन भइरहेको जनाएको छ । यसैबीच, सम्पर्कविहीन भएको भनिएका दिक्तेलका रुपेश भने परिवारको सम्पर्कमा आएका छन् । पारिवारिक स्रोतका अनुसार रुपेश सकुशल सम्पर्कमा आएका हुन् ।










Discussion about this post