Tuesday, October 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

Radio Everest by Radio Everest
August 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ १३, सोलुखुम्बु । चीनको तिब्बत क्षेत्रबाट उत्पन्न भई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका खोटाङका ५६ वर्षीय तारानाथ अन्ततः सकुशल सम्पर्कमा आउनुभएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–७, माक्पाका तारानाथ विगत करिब तीन वर्षदेखि नुवाकोटमा एक होटलमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ। बाढी आएको समयमा उहाँ नुवाकोटमै कार्यरत रहनुभएको थियो। बाढीले त्रिशूली तथा आसपासका क्षेत्रमा क्षति पु¥याउन थालेपछि ज्यान जोगाउन भागाभाग भएको उहाँले बताउनुभयो। चारैतिरबाट पानी र भेल आउन थालेपछि कहाँ जाने भन्ने अन्योलका बीच भाग्दै जाँदा बल्ल नुवाकोटको तरवार क्षेत्रको माथिल्लो डाँडामा पुगेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ छ।

“लान त खोजेको थियो, तर भाग्दा–भाग्दै बाँचियो,” उहाँले भन्नुभयो, “कतिपय मानिस कहाँ पुरिए, कति बगाए भन्ने यकिन नै हुन सकेको छैन। एउटा घरमै १२ जना खाना खाइरहेका बेला एक्कासि पुरिएको भन्ने पनि सुनियो।” बाढी आउनुअघि भूकम्पजस्तो जमिन हल्लिएको महसुस भएको उहाँले बताउनुभयो। “एक्कासि थरथर काम्यो। घरहरू पनि हल्लिएजस्तो भयो,” उहाँले भन्नुभयो। घटनाको दिन उहाँ रातिको ड्युटी सकेर बिहान करिब ८ बजे होटलको कोठामा सुत्नुभएको थियो। होटलभन्दा तलतिर त्रिशूली नदी बग्ने भएकाले बाढी आउन थालेको सूचना पाएपछि होटलका कर्मचारीले उहाँलाई उठाएका थिए। उहाँ उठ्दा नदी आसपासको क्षेत्र भेलले भरिइसकेको थियो। होटल बन्द गरेर माथितिर भाग्ने प्रयास गर्दा अर्को दिशाबाट पनि ठूलो भेल आएपछि अवस्था थप जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो।

बाढीपछि सडक, विद्युत् र सञ्चार संरचनामा क्षति पुगेकाले उहाँ दुई दिनसम्म परिवारको सम्पर्कमा आउन सक्नुभएन। मोबाइल टावर तथा विद्युत् संरचनामा क्षति पुगेपछि फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको उहाँले बताउनुभयो। “डाँडामा गएर पनि फोन गर्ने प्रयास गरेँ, तर कतै नेटवर्क लागेन,” उहाँले भन्नुभयो, “दुई दिनपछि काठमाडौँबाट विद्युत् जोडिएपछि बल्ल फोन चल्यो र परिवारसँग सम्पर्क हुन सक्यो।” सञ्चार सेवा सुचारु भएपछि परिवारका सदस्य तथा आफन्तलाई आफू सकुशल रहेको जानकारी गराउनुभएको उहाँले बताउनुभयो। सम्पर्क हुन नसक्दा घरपरिवार पनि चिन्तामा परेको उहाँको भनाइ छ। हाल उहाँ होटलमै बसिरहनुभएको छ। होटल व्यवस्थापनले खान र बस्न व्यवस्था मिलाएको उहाँले बताउनुभयो।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको उहाँको भनाइ छ। “यतिखेर एक–एक मिनेटमा हेलिकप्टर उडिरहेका छन्,” उहाँले भन्नुभयो, “मानिस र राहत सामग्री ओसारपसार भइरहेको छ। प्रहरी र नेपाली सेना पनि निरन्तर खोजी तथा उद्धारमा खटिएका छन्।” तर बाढीले पुरिएका तथा पहुँचबाहिर रहेका स्थानमा अझै पुग्न नसकिएकाले मानवीय क्षतिको वास्तविक विवरण बाहिर आउन बाँकी रहेको उहाँले बताउनुभयो। सुरुङ तथा भेलले पुरिएका क्षेत्रभित्र कति मानिस परेका छन् भन्ने यकिन हुन नसकेको उहाँको भनाइ छ। लगातारको वर्षाले खोज तथा उद्धार कार्यमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो।

बाढीपछि पनि वर्षा भइरहेकाले स्थानीयवासी त्रासमा रहेको उहाँको भनाइ छ। हाल पनि होटलमा सुरक्षा गार्डको नियमित ड्युटीमा रहनुभएका तारानाथ दशैंतिर मात्र घर फर्किने योजनामा हुनुहुन्छ। उहाँ यसअघि धनगढीमा कार्यरत रहनुभई सरुवा भएर नुवाकोट आएको करिब दुई वर्ष दुई महिना भएको बताउनुभयो। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि केही दिन सम्पर्कविहीन रहेका तारानाथ सकुशल सम्पर्कमा आएपछि उहाँका परिवार तथा आफन्तले राहत महसुस गरेका छन्।

Previous Post

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

Next Post

गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly