भदौ १६, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले पाँच लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ १४ गते जम्मा गरेको कम्पनीका अध्यक्ष राजु पाख्रिनले जानकारी दिनुभयो ।बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष पाख्रिनले बताउनुभयो ।
उहाँका अनुसार विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिन कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएकाले प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको कम्पनीले जनाएको छ ।











Discussion about this post