Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

Radio Everest by Radio Everest
September 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १७, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका परिवारका लागि राहत तथा उद्धार सहयोगस्वरूप १९ लाख ४० हजार ८२७ रुपियाँ प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अनुसार स्थानीय विपद् कोषबाट पाँच लाख रुपियाँ, जनप्रतिनिधिबाट एक लाख ६५ हजार ४०० रुपियाँ, गाउँपालिकाअन्तर्गतका कर्मचारीबाट पाँच लाख ६६ हजार ३६० रुपियाँ तथा गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीबाट सात लाख नौ हजार ६७ रुपियाँ सहयोग गरिनेछ । यसरी कुल १९ लाख ४० हजार ८२७ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्ने निर्णय गरेको हो । बाढीमा परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईले राष्ट्रिय विपद्को समयमा राष्ट्रसेवक कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको महत्वपूर्ण दायित्व हुने भएकाले सबैलाई सहयोगमा एकजुट हुन आह्वान गरिएको बताउनुभयो । उहाँले विपद्को समयमा सहयोग, समन्वय, ऐक्यबद्धता र सामूहिक हातेमालो आवश्यक रहेको भन्दै गाउँपालिकाभित्रका कर्मचारी तथा शिक्षकलाई सहयोगका लागि समन्वय गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले देश तथा विदेशमा रहेका युवा, आमाबुवा, दाजुभाइ, दिदीबहिनी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न निकाय तथा सङ्घसंस्थालाई समेत विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ ।

Previous Post

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0

Discussion about this post

Everest Highlights

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly