भदौ १८, सोेलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, सडक तथा ग्रामीण क्षेत्रमा पहिरो जान सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भारी वर्षाको सम्भावना रहेका स्थानमा स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई मौसमको अवस्था निगरानी गर्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।











Discussion about this post