भदौ १८, सोलुखुम्बु । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्मको विवरणअनुसार फेला परेका मृतकमा ३८ बालक, ४३ बालिका, ४०६ पुरुष र २३६ महिला रहेका छन्।
त्यस्तै ४२१ जनाको आंशिक अंग र ८२ जनाको पहिचान खुल्न सकेको छैन। बाढीमा अझै ४ हजार ८ सय ७५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य विभिन्न स्थानमा जारी रहेको छ।










Discussion about this post