भदौ १८, सोलुखुम्बु । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका आफ्ना नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा स्थायी ठेगाना भई विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई गाउँपालिकाले काठमाडौँमै सेवा उपलब्ध गराउन लागेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिहाङ लिम्बूद्वारा जारी सूचना अनुसार आगामी भदौ २३ र २४ गते सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा शिविर सञ्चालन हुनेछ । शिविरमार्फत सामाजिक सुरक्षा भत्ताको विवरण दर्ता तथा नवीकरण, मालपोत तथा भूमिकर सङ्कलन र राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी सेवाहरू प्रदान गरिने गाउँपालिकाले जनाएको छ । नागरिकहरूलाई आवश्यक कागजातसहित शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ ।










Discussion about this post