भदौ २०, सोलुखुम्बु । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले नेपाल आयल निगमले बाढीपीडितका लागि गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट जनतामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताउनुभयो ।
उहाँले बाढीपीडितका नाममा निगमले २५ लाख ९४ हजार ४ सय रुपियाँ बराबरको ग्यास सहयोग गरेको उल्लेख गर्दै सोही अवधिमा गरिएको मूल्यवृद्धिले काठमाडौँ उपत्यकामा मात्रै करोडौँ रुपियाँको अतिरिक्त आर्थिक भार थपिएको बताउनुभयो । सांसद कार्कीले खाना पकाउने ग्यास अहिले सबै वर्गका नागरिकका लागि अनिवार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै यसको मूल्यवृद्धिको प्रत्यक्ष असर विपन्न तथा मध्यम वर्गीय परिवारमा परेको बताउनुभयो । उ
हाँल प्राकृतिक विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने अवस्थामा अत्यावश्यक वस्तुको मूल्य बढाउँदा त्यसको भार सर्वसाधारणमाथि थपिने भएकाले मूल्यवृद्धिबारे गम्भीर पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो ।










Discussion about this post