भदौ २२, सोलुखुम्बु । सिद्धिचरण राजमार्ग अन्तर्गत सोलुखुम्बुको साल्मे खण्डमा पहिरोका कारण रात्रिकालीन सवारी तथा पैदल आवागमन बन्द गरिएको छ। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ स्थित साल्मे क्षेत्रमा निरन्तर पहिरो खसिरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ६ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाएको हो।
कारण सडक अवरुद्ध भएपछि हाल उक्त खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। पहिरो झर्ने क्रम नरोकिएको र रातको समयमा यात्रा गर्दा थप दुर्घटनाको जोखिम हुने भएकाले सम्पूर्ण सवारी साधन तथा पैदल यात्रुहरूको आवातजावत बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिनुभयो। प्रशासनले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म यात्रा गर्दा सतर्कता अपनाउन र तोकिएको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।











Discussion about this post