Monday, October 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

Radio Everest by Radio Everest
September 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २४, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता तथा व्यवसायी मर्कामा परेका छन् । लामो समयदेखि राति मात्र नभई दिउँसोसमेत विद्युत् जाने–आउने क्रम दोहोरिँदा सर्वसाधारणको दैनिक जनजीवनसँगै उद्योग, व्यवसाय, सरकारी तथा निजी कार्यालय र सञ्चारमाध्यमका काम प्रभावित हुँदै आएका छन् । सल्लेरीमा लामो समयदेखि छापाखाना सञ्चालन गर्दै आउनुभएका राज बुढाथोकीले विद्युत् पटक–पटक अवरुद्ध हुँदा समस्या भएको बताउनुभयो । विद्युत् आउने–जाने क्रमका कारण केही समयअघि आफ्नो प्रिन्टरसमेत बिग्रिएको उहाँले जानकारी दिनुभयो ।

पूर्व जानकारीबिना पटक–पटक विद्युत् अवरुद्ध गर्नुभन्दा निश्चित समयका लागि विद्युत् कटौतीको तालिका सार्वजनिक गरिए आफूहरूलाई काम व्यवस्थापन गर्न सहज हुने बुढाथोकीको भनाइ छ । उहाँले विद्युत् क्षेत्रमा दक्ष जनशक्तिको अभाव भए आवश्यक जनशक्ति व्यवस्थापन गरी उपभोक्तालाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । यस्तै, सल्लेरीमा स्नूकर हाउस सञ्चालन गर्दै आउनुभएका पिटर शेर्पाले विद्युत् अवरोधले व्यवसायमा प्रत्यक्ष असर परेको बताउनुभयो । खेल भइरहेका बेला एक्कासि विद्युत् जाँदा ग्राहक प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।

विद्युत् समस्याबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा समस्या समाधान गर्ने आश्वासन पाए पनि अवरोध दोहोरिने गरेको शेर्पाको भनाइ छ ।बजारमा ग्यासको अभाव भएपछि विद्युतीय चुलो प्रयोग गर्दै आउनुभएकी कमला थापाले विद्युत् आपूर्ति नियमित नहुँदा खाना पकाउनेदेखि दैनिक कामकाजसम्म प्रभावित हुने गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार विद्युत् अनियमित हुँदा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

सल्लेरी क्षेत्रमा सल्लेरी–च्याल्सा विद्युत् कम्पनी लिमिटेडको विद्युत् लाइनसमेत नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा जोडिएको छ । सल्लेरी–च्याल्सा विद्युत् कम्पनी लिमिटेडका सूचना अधिकारी विकासमान राईले वितरण क्षेत्रमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएका कारण केही समय विद्युत् अवरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार ट्रान्सफर्मरमा देखिएको समस्या अहिले समाधान भइसकेको छ ।

हावाहुरी तथा चट्याङका कारण पनि कहिलेकाहीँ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो । पटक–पटकको विद्युत् अवरोधका कारण सल्लेरीका उद्योग तथा व्यवसायसँगै सरकारी तथा निजी कार्यालय, छापाखाना, सञ्चारमाध्यम र सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुँदै आएका छन् । विद्युत् आउने–जाने क्रमले विद्युतीय उपकरणमा क्षति पुग्ने जोखिमसमेत बढेको उपभोक्ताको गुनासो छ । सम्बन्धित कम्पनीले विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा उपभोक्तालाई सकेसम्म नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ ।

Previous Post

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

Next Post

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

Related Posts

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
0
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
0
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
0
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
Next Post
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

Discussion about this post

Everest Highlights

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly