भदौ २५, सोलुखुम्बु । जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन हुनुभएको छ। बुधबार सम्पन्न जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चेतबहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेमकुमार बस्नेत तथा कोषाध्यक्षमा करिना राई चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा आनन्द राई, दिनेश केसी, अमृत थुलुङ, ताराबहादुर खत्री, दीपक किराती र चुडामणि केसी चयन हुनुभएको छ। अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। नवनिर्वाचित कार्यसमितिको कार्यावधि चार वर्षको रहने जिल्ला भलिबल संघले जनाएको छ।










Discussion about this post