Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

Radio Everest by Radio Everest
September 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ २५ सोलुखुम्बु । सोलुखुम्बुमा एक आर्थिक वर्षमा ६१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ६१ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा ४३ जना पुरुष र १८ जना महिला रहेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्ने अधिकांशले झुन्डिएर ज्यान गुमाएका छन् । ६१ जनामध्ये ५९ जनाले झुन्डिएर, एक जनाले विष सेवन गरी र एक जनाले हातहतियार तथा औजार प्रयोग गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आत्महत्याका घटनामा मानसिक तनाव तथा डिप्रेसन, पारिवारिक तथा सामाजिक समस्या, बेरोजगारी, ऋणको भार तथा दैनिक गुजारा चलाउन कठिनाइलगायतका कारण देखिने गरेका छन् ।

सोलु सामुदायिक अस्पतालका प्रमुख डाक्टर राजेन्द्र बस्नेतले आत्महत्याको जोखिम कुनै एक कारणले मात्र नभई मानसिक, सामाजिक, पारिवारिक तथा आर्थिक पक्षसँग जोडिएको बताउनुभयो । उहाँका अनुसार एक्लोपनमा रहेका व्यक्ति, ठूलो आर्थिक वा पारिवारिक समस्याबाट गुज्रिरहेका व्यक्ति, लागुपदार्थको दुव्र्यसनमा परेका व्यक्ति तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिमा आत्महत्याको जोखिम तुलनात्मक रूपमा बढी हुन सक्छ ।

विशेषगरी डिप्रेसन, स्किजोफ्रेनिया, एन्जाइटी तथा केही व्यक्तित्वसम्बन्धी मानसिक समस्यामा आत्महत्यासम्बन्धी विचार आउन सक्ने उहाँले बताउनुभयो । यस्ता समस्या बाहिरबाट सहजै पहिचान नहुने भएकाले परिवार तथा समुदायले व्यक्तिको व्यवहारमा आएको परिवर्तनलाई समयमै बुझ्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार यसअघि आत्महत्याको प्रयास गरिसकेका व्यक्तिमा पुनः आत्महत्याको जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्तिलाई विशेष निगरानी, पारिवारिक सहयोग र आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ । विद्यालय तहका बालबालिका तथा किशोरकिशोरीमा पनि मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने डा. बस्नेतले बताउनुभयो ।

अभिभावकले बालबालिकाको रुचि र क्षमताभन्दा विपरीत निरन्तर दबाब दिने, पारिवारिक समस्या, सामाजिक दबाब, अध्ययन तथा सम्बन्धसँग जोडिएका तनावले उनीहरूको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने उहाँको भनाइ छ । आत्महत्या रोकथामका लागि परिवार, विद्यालय, समुदाय, स्वास्थ्य संस्था तथा कार्यस्थल सबैको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा पुर्‍याउने, लागुपदार्थको दुव्र्यसनबाट टाढा राख्ने तथा एक्लोपनमा रहेका व्यक्तिलाई सामाजिक रूपमा जोड्ने वातावरण बनाउनुपर्ने उहाँको सुझाव छ । उहाँले योग, ध्यान तथा आफूलाई शान्त राख्ने सकारात्मक गतिविधिले तनाव व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

आत्महत्यासम्बन्धी विचार क्षणिक रूपमा तीव्र हुन सक्ने भएकाले त्यस्तो अवस्थामा व्यक्तिलाई एक्लै नछाड्ने र तत्काल सहयोग तथा सुरक्षित वातावरण उपलब्ध गराउनु महत्वपूर्ण हुने उहाँको भनाइ छ । यसैबीच, आत्महत्या रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।

दिवसका अवसरमा आत्महत्याका विषयमा खुलेर संवाद गर्ने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने तथा समस्यामा परेका व्यक्तिलाई समयमै सहयोग र परामर्श उपलब्ध गराउने विषयमा जोड दिइएको छ । मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, परामर्श सेवाको विस्तार तथा जोखिममा रहेका व्यक्तिको समयमै पहिचान गर्न सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने सरोकारवालाको भनाइ छ ।

Previous Post

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

Related Posts

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
0
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
0
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
0
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly