भदौ २५, सोलुखुम्बु । थारू कल्याणकारिणी सभा जापान शाखाको नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा यमकुमार चौधरी (यमदिप) चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार चौधरी तथा उपाध्यक्षमा मेघराज चौधरी, धर्मेन्द्र चौधरी र अमृता चौधरी चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा हरि चौधरी, सचिवमा मानबहादुर चौधरी, कोषाध्यक्षमा शान्ता चौधरी र प्रवक्तामा दिपेन्द्र चौधरी चयन हुनुभएको छ।कार्यसमिति सदस्यमा सरीक्षा चौधरी, अमरदिप चौधरी, मंगल चौधरी, रमा चौधरी, राधिका चौधरी, दिपा चौधरी, सुनिता डंगोरिया थारू र ऋतु चौधरी चयन हुनुभएको जनाइएको छ।
नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका थारू समुदायलाई संगठित गर्दै थारू भाषा, संस्कृति, कला, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। थारू कल्याणकारिणी सभा थारू समुदायको सामाजिक तथा सांस्कृतिक विकाससँगै अधिकार र पहिचानका विषयमा काम गर्दै आएको संस्था हो।












Discussion about this post