भदौ २६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ स्थित हुङ्गा खोलामा पहिरो झरेपछि खोलामा ड्याम बनेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ७ बजेको समयमा गौरीशंकर हाइड्रोपावरको हेड अफिसदेखि करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो ढुंगाको पहिरो खसेको हो।
पहिरो खसेपछि करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। खोलामा बनेको उक्त ड्यामका कारण जोखिम उत्पन्न हुन सक्ने भएकाले हुङ्गा खोलाको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन प्रहरीले अनुरोध गरेको छ। प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सतर्क रहन तथा खोलाको आसपास नजानसमेत आग्रह गरेको छ।











Discussion about this post