जेठ ३१, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुका ४ हजार बढी बालबालिका आई.पि.भी. खोपबाट लाभान्वित भएका छन् । जिल्लाको ८ वटा स्थानीय तहका ४ हजार १ सय ९८ जना बालबालिका आई.पि.भी. खोपबाट लाभान्वित भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार सोलुदुधकुण्ड नगरपालिकाका १२ हजार ९० जना, खुम्बु पासाङल्हामु गाउँपालिकामा ३ सय ५४ जना, माप्यदुधकोशी गाउँपालिका ४ सय ३३ जना र थुुलुङ दुधकोशी गाउँपालिका ६ सय ९५ जना बालबालिकालाई आई.पि.भी.खोप लगाइएको छ ।
यस्तै नेचासल्यान गाउँपालिकाका ३ सय ४१ जना, महाकुलुङ गाउँपालिकाका ४ सय ९० जना, लिखुपिके गाउँपालिकाका १ सय ८८ जना र सोताङ गाउँपालिकका ४ सय ७ जना, गरी कुल ४ हजार १ सय ९८ जना बालबालिकालाई पोलियो विरुद्वको आई.भि.पी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी राम नारायण शाहका अनुसार ४ हजार १ सय ८२ जना विद्यार्थी, १४ जना विद्यालय बाहिरका र दु्रत सुलभ अनुगमनबाट २ जनालाई खोप लगाइएको हो ।
राष्ट्रिय खोप अभियान मार्फत जिल्लामा वि.स २०७३ देखि २०७५ साल सम्ममा खोप लगाउन छुटेका ४ हजार ८ सय ८८ जना जना ५ देखि ८ वर्ष सम्मका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको थियो । सोलुखुम्बुका २ सय ९८ वटा खोप केन्द्रमा यो खोप लगाइएको थियो भने, २ सय ९८ जना स्वास्थ्यकर्मीहरु खटाइएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । उक्त अभियान यहीँ जेठ १३ गतेबाट सुरु भई २० गते सम्पन्न गरिएको थियो ।
Discussion about this post