Friday, September 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

Radio Everest by Radio Everest
September 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । कृषि कार्यक्रम कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा शुक्रबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाको आयोजनामा सम्पन्न नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको पहिलो चरण आर्थिक वर्ष २०८३/८४ देखि समाप्त हुने भएकाले परियोजनाअन्तर्गत हालसम्म सञ्चालन भएका कार्यक्रम तथा उपलब्धिको यथार्थ विवरण अद्यावधिक गरी कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगालाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । परियोजनाअन्तर्गत प्रदेशतर्फ कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहतर्फ कृषि तथा पशु विकास शाखामार्फत ब्लक तथा पकेट विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन् । बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाको चालु आर्थिक वर्ष २०८३र८४ को वार्षिक स्वीकृत कार्यक्रम सरोकारवाला निकायको सहभागितामा प्रस्तुत गरी सार्वजनिक गरिएको थियो ।

ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सञ्चालित छ वटा जोन क्षेत्रअन्तर्गत बाख्रा जोन, आलु जोन, स्याउ–ओखर–किबी–सुन्तला जोन तथा अदुवा–बेसार जोनका साथै उद्यमशीलता कार्यक्रमका लागि प्रस्तावित अनुदानसम्बन्धी कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो ।संघ, प्रदेश र स्थानीय तहका कृषि तथा पशु विकास शाखाबाट सञ्चालन हुने कार्यक्रम तथा क्रियाकलापमा दोहोरोपना र डुप्लिकेसन हुन नदिन तीनै तहबीच आवश्यक समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले कृषकलाई परम्परागत कृषिमा मात्र सीमित नराखी व्यावसायिक कृषितर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रबाट उत्पादन र आम्दानी बढाउन कृषकलाई आवश्यक सहयोग तथा प्रोत्साहनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न स्थानीय तहका कृषि शाखाबाट सहभागी प्रतिनिधिलाई कार्यक्रम सञ्चालनमा कुनै कन्जुस्याइँ नगरी कृषकको आवश्यकता र प्राथमिकताका आधारमा प्रभावकारी रूपमा काम गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले नेपाललाई कृषि प्रधान देश भनिँदै आए पनि कृषि क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । कृषि उत्पादनको बजार व्यवस्थापनलगायत विभिन्न कारणले कृषि क्षेत्रले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उहाँले उत्पादनसँगै बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाका निमित्त वरिष्ठ कृषि अधिकृत हेमबहादुर आले मगरले कार्यालयले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा हासिल भएका उपलब्धिबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा किबी जोन सञ्चालक समन्वय समितिका प्रतिनिधिले जिल्लाको आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनोट तथा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषकको वास्तविक आवश्यकता सम्बोधन गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि तथा पशु विकास शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Previous Post

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

Related Posts

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly