असाेज २, साेलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ स्थित आँखे भन्ने स्थानमा पहिरो जाँदा दुधकोशी नदी थुनिने जोखिम बढेको छ ।
खरिखोलामा कार्यरत शिक्षक विमोचन राईका अनुसार आँखे क्षेत्रमा ठूलो आवाजसहित पहिरो गएको हो । पहिरो खसेको स्थान दुधकोशी नदी नजिक रहेकाले पहिरोका कारण नदीको बहाव अवरुद्ध हुन सक्ने जोखिम रहेको उहाँले बताउनुभएको छ ।
ठूलो पहिरो नदीमा खसेमा दुधकोशी थुनिन सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा जोखिम निम्तिन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आवश्यक देखिएको छ ।
यद्यपि, पहिरोको वास्तविक अवस्था, नदीमा खसेको माटो तथा ढुंगाको मात्रा र तत्कालीन जोखिमबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय तह तथा सुरक्षा निकायले घटनास्थलको स्थलगत निरीक्षण गरी नदीको बहाव र पहिरोको अवस्थाबारे तत्काल अनुगमन गर्नुपर्ने देखिन्छ ।










Discussion about this post