मनोज कार्की, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाको आयोजनामा चुरे तराइ मधेस संरक्षण दिबसको पावन अबसरमा कानेपोखरी रंगेली सडकखण्डमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । फलफुलजन्य बोटबिरुवाहरु रोपिएको थियो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम,उपाध्यक्ष भोला प्रसाद अधिकारी,राजनैतिक दलका प्रतिनिधि,सामुदायिक वनका प्रतिनिधि,डिभिजन वनका प्रतिनिधि लगायत सामाजिक,जनप्रतिनिधि र कर्मचारीहरुको बृहत उपस्थिति रहेको थियो । कार्यक्रमको औपचारिक उत्घाटन कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनामले शिरिषको बोट रोपेर गरेकी थिइन ।
नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता
माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा हुने अन्तरमावि...
Discussion about this post