असार १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित थुलुङ दुधकोशी अस्पतालमा अर्को १ जना गर्भवतीको सफल प्रसुती गराइएको छ । अस्पतालका एमडिजिपि डाक्टर अजय चौधरी नेतृत्वको डाक्टरहरूको टोलीले गएराती गर्भवती महिला मिलन माया तामाङकाे सफल प्रसुती गराएको हो ।
गाउँपालिकाको वडा नम्बर ९ लोखीमकी तामाङले गएराती शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएकी हुन । अस्पतालमा शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु भएपछि हाल सम्म स्थानीय ४ जना महिलाको शल्यक्रिया मार्फत प्रसुती गराइएकाे अस्पतालका डाक्टर अजय चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गत जेठ १ गते देखी अस्पतालमा सेवा थप गर्दै शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको थियो । जेठ यता अस्पतालबाट ११ जना महिलाले बच्चा जन्माएको जनाइएको छ ।
उनिहरू मध्ये ७ जनाले सामान्य पसूती मार्फत शिसुलाई जन्म दिएका छन भने अन्य ४ जनाको प्रसुती शल्यक्रिया मार्फत गराइएको हो । अस्पतालले अर्को एउटा नयाँ सफलता पाएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले डाक्टरहरूको टिमलाई धन्यवाद दिनुभएको छ ।
Discussion about this post