असार १६, सोलुखुम्बु । सोलुखुम्बुमा पत्रकारिता तालिम सम्पन्न भएको छ । गत विहिबारबाट सुरु भएको ५ दिने निःशुल्क आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो । आधारभुत पत्रकारिता तालिममा २५ जनाले सहभागी जनाएको नेपाल पत्रकार महासंघ सोलुुखुम्बुका कोषाध्यक्ष अमृत थुलुङले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले तालिम पश्चात सिकेको सिपलाई सदुपयोग गर्न सम्पूर्ण प्रशिक्षार्थीलाई अनुरोध गर्नु भनुभयो ।
राज्यको चौथो अंग पत्रकारितालाई भनिएको भए पनि पत्रकारिता मात्रै गरेर जिविकोपार्जन गर्न समस्या रहेको प्रजिअ घिमिरेको भनाई छ । यस्तै कार्यक्रमका सभापति नेपाल पत्रकार महासंघका सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले पत्रकारिता समाचार लेख्नु र पढ्नु मात्रै नभइ समाज परिवर्तनको आधारशिलाको रुप पत्रकारिता भएको बताउनुभयो ।
समुद्ध समाज निमार्ण गर्नका लागि पत्रकार जिम्मेवार हुनुपर्ने उहाँको भनाइ रहेको थियो । तालिम नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा संचालन गरिएको हो ।
Discussion about this post