Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रिय सेवा दलको तालिम : गार्मा माविमा अनुशासित र लगनशील बन्दै विद्यार्थी

Radio Everest by Radio Everest
June 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ स्थित गार्मा माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीहरुले एनसिसि तालिम लिएसँगै विद्यार्थीहरु अनुशासित र लगनशील विद्यार्थी बन्ने भएका छन् । शुक्रबार विद्यालयमा एक कार्यक्रम आयोजना गरि बर्खे विदा पश्चात विद्यालयमा विद्यार्थीलाई तालिम लिने भएसँगै अनुशासित र लगनशील विद्यार्थी बन्ने भएका हुन् । विद्यालयमा अध्ययनरत ९ र १० कक्षाका १८ जना छात्र र १८ जना छात्रालाई तालिममा दिइने विद्यालयले जनाएको छ ।

सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्नु एनसीसी तालिमको मुख्य उद्देश्य रहेको रहेको बताइएको छ । नेपालमा नेपाली सेनाले सिनियर र जुनियर गरि दुईवटा डिभिजन छुट्याएर तालिम दिदै आएको दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले तालिमले विद्यार्थीहरुलाई अनुशासित, इमान्दार र लगनशिल बनाई राष्ट्र सेवामा लाग्नका लागि अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिम अवधिभर लगनशिल भएर सहभागि हुन विद्यार्थीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

छात्र/छात्राहरुलाई अनुशासन,नेतृत्व विकास,बफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिलाई मुलुकमा प्राकृतिक प्रकोपको अवस्थामा परिचालन हुन स्वयम्सेवक युवादस्ता तयार गर्न र राष्ट्र सेवाका लागि विभिन्न निकायमा जिम्मेवार रुपले कार्य गर्न सक्ने सक्षम नागरिक बनाउने लक्ष्यका साथ तालिम दिन लागिएको दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतको भनाई छ ।

नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ सालदेखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो । गार्मा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जे शेर्पाले आफ्नो विद्यालयमा पहिलो पटक विद्यार्थीहरुलाई एनसिसिको तालिम दिन पाउदा खुसी व्यक्त गर्नुभयो । विद्यार्थीहरुको व्यक्तित्व मात्र नभई अनुशासित समेत बनाउने अपेक्षा गर्नुभएको छ ।

यस तालिमका लागि जिल्लाबाट गार्मा मावि छनौट भएको भन्दै विद्यार्थीहरुले उत्साहजनक रुपमा तालिम लिन आग्रह गर्नुभएको छ । गार्मा माध्यमिक विद्यालयका प्रध्ययानध्यापक बिनोद सिंह तामाङले तालिममा विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराइने भएकाले इच्छा शक्तिका साथ तालिम लिन विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको छ ।

आज एनसिसिको बारेमा वृस्तृत जानकारी गराउनका लागि आयोजना गरिएको कार्यक्रममा विद्यार्थीका अभिभावकहरुलाई समेत बोलाईए थियो । विद्यार्थीहरुलाई एनसिसि जुनियर तालिम दिन सुरु गरे पछि विद्यार्थीका अविभावकहरु समेत खुसी भएका छन् । तालिममा विद्यार्थीहरुलाई शारिरीक तालिम ,सैनिक ज्ञान,विपद ब्यावस्थापन, पर्शनालिटी डेभलपमेन्ट र साँस्कृतिक प्रतियोगीता सम्बन्धी ज्ञान दिईने भएको छ । उक्त तालिम १०० दिनको हुने भएको छ ।

Previous Post

सोलुकाे जमुना आ विमा झण्डै साढे ११ लाख बराबरकाे अक्षय कोष स्थापना

Next Post

कोशीमा १४ प्रतिशत मात्र रोपियो धान, साेलुखुम्बुमा सबैभन्दा कम

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
Next Post
फाइल फाेटाे ।

कोशीमा १४ प्रतिशत मात्र रोपियो धान, साेलुखुम्बुमा सबैभन्दा कम

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly