असार १५, साेलुखुम्बु । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोलुखुम्बुका साहित्यकार सुरेश बाबू जमरकट्टेललाई महामण्डल युवा सम्मान २०८१ बाट सम्मान गरेको छ । संस्थाले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा महामण्डल साहित्य सम्मानबाट डा. मञ्जु केसी प्रधान, महामण्डल युवा सम्मानबाट सुरेशबाबु जमरकट्टेल र कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट टेकनाथ दहाललाई सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णप्रसाद सापकोटाले जानकारी दिए ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा भएको कार्यक्रममा सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नयनराज पाण्डेले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका छन् । नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्र र विधाका साहित्यकारहरुलाई सम्मान गरिएको संस्थाका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताउनु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार विष्णु प्रसाद सापकोटाको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथी : नयनराज पाण्डे, सम्मानित श्रष्टा : डा.मञ्जुश्री प्रधान, सुरेशबाबु जमरकट्टेल, टेकनाथ दहाल, सल्लाहकार : श्रीराम श्रेष्ठ ज्यू, रामकृण्ण अमर, अतिथी साहित्यकार : शम्भुप्रसाद शर्मा, कृष्णदेव रिमाल शब्दसेना, बिष्णु प्रसाद आचार्य “अतृप्त” , बैरागी जेठा, दिनेश पाण्डे, सुमित्रा सुमी, नवदिप अजनवी , देबचन्द्र भट्ट, सुरेन्द्र शाक्य , रामकृष्ण भट्ट , बिन्दा अर्याल लगायत दर्जनौ साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुले कविता, गित, गजल, मुक्तक लगायतका कला प्रस्तुत गरेका थिए ।
Discussion about this post