असार २५, सोलुखुम्बु । निरन्तरको झरीका कारण सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका ११ घर माथिबाट पहिरो झर्दा को सम्भावित जोखिममा परेका छन । एकैदिन नगरपालिकाका २ स्थानमा गएको पहिरोका कारण ११ वटा घर जोखिममा परेको प्रहरीले जनाएको छ । नगरपालिकाको वडा नम्बर ५ थापा टोलका ५ र वडा नम्बर ८ बाघखोरका ५ घर पहिरोको सम्भावित जोखिममा रहेको प्रहरीले जनाएको छ ।
गतराति परेको वर्षाले नगरपालिकाका २ स्थानको सडक माथिबाट खसेको ढुँगा सहितको पहिरोका जोखिम बस्तमिा परेको हो । प्रहरीका अनुसार बाघखोरका दीपक बस्नेत, राजेश बस्नेत, खन्तर बहादुर बस्नेत, वीर बहादुर बस्नेत, धन बहादुर बस्नेत र कुल बहादुर बस्नेतको घर माथिबाट झरेको पहिरोको जोखिममा परेको हो भने वडा नम्बर ८ थापा टोलका प्रकाश थापा, रतन बहादुर थापा, बम कुमार थापा, चक्र बहादुर थापा र अोम बहादुर थापाको घर पहिरोको जोखिममा परेको हो ।
Discussion about this post