असार २९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पालिका भित्र सिप मुलक तालिम संचालन गर्दा सहभागीहरुको इच्छाशक्ति नदेखिएको बताउनुभएको छ । शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, सोताङ गाउँपालिका र सहभागीहरुको त्रिपक्षिय लागत साझेदारी सञ्चालन गरिएको ४५ दिने ढाका बुनाई तालिमको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
जेठ १७ गतेबाट सुरु गरिएको तालिमको पहिलो दिन २५ जनाको सहभगीता रहे पनि समापन सम्म ९ जनाको मात्र सहभागीता देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । तालिमबाट सिकेका सिपलाई व्यवहारमा उर्तादै सहभागीहरुले बुनेका ढाकाको कपडा लगाउने इच्छा रहेको तर त्यो पुरा हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
नागरिकहरुलाई उद्यमी बनाउनका लागि ८ लाख ३२ हजार बराबरको बजेट विनियोजन गरी १२ वटा मेसिन खरिद गरी तालिम दिइएको सामाजिक तथा आर्थिक विकाश शाखा सहायक महिला विकास निरीक्षक रीतामाया बस्नेतले जानकारी दिनुभयो । उक्त तालिमको सहजिकरण बुद लक्ष्मि कोजुले गर्नुभएको थियो ।
Discussion about this post