असार ३०, सोलुखुम्बु । ईलाका प्रशासन कार्यालय सोताङबाट राहदानी सेवा दिइने भएको छ । शनिबार राहादनी बिभाग काठमाडौँबाट राहदानी फाराम भर्ने डिभाईज जडान गरिएसँगै सोताङ गाउँपालिकाबाट चाडैँ राहदानी सेवा प्रदान गरिने भएको हो ।
ईलाका प्रशासन कार्यालयका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयबाट आवश्यक तालिम दिई सेवा केहि समय पश्चात सुचारु गरिने सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो । सेवा सुचारु भएपछि आसपासका पालिका महाकुलुङ, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकाका नागरिकहरुले समेत सहज सेवा लिन सक्ने उहाँको भनाई छ ।
कार्यालयबाट राहदानी (पासपोर्ट ) लिने र सच्याउने लगायतका सेवा प्रदान गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रिध्वज राईले जानकारी दिनुभयो ।
Discussion about this post