असार ३०, साेलुखुम्बु । ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ६ मा रहेको सिंहदेवी आधारभूत विद्यालयले एक शिक्षकलाई विदाई गरेको छ । उक्त विद्यालयमा विगत ३५ वर्षदेखि शिक्षण पेसामा आबद्ध शिक्षक कमल सुनुवारलाई बिदाई गरिएकोे हो ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शिक्षक सुनुवारलाई बिदाई गरिएको सोही वडाका पुर्व वडा अध्यक्ष रामकाजी तामाङले जानकारी दिनुभयो ।
शिक्षक सुनुवार मिहेनती, लगनशील रहेको भन्दै वडा अध्यक्ष कमल तामाङले प्रशंसा गर्दै आगामी दिनमा पनि यसरी नै सक्रिय रहि रहन हौसला दिनुभयो ।
कार्यक्रममा पुर्व वडाध्यक्ष रामकाजी तामाङ, विद्यालय व्यव्स्थापन समिति अध्यक्ष, शिक्षकहरु, पुर्व विद्यार्थीहरू, लगायतको उल्लेखनीय सहभागी रहेको प्रधानाध्यापक अम्बर बहादुर कार्कीले जानकारी दिनुभयो ।
Discussion about this post