Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छोराबुहारीले जंगलमा छोडेर गए बाबु, ४ दिन भोकै जंगलमै सुते जामुनलाल

Radio Everest by Radio Everest
July 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । मोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् । उनले चारदिन जङ्गलमै रात कटाएका थिए ।

बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको थियो ।

उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताए । वृद्धलाई दुईतिर बोरामा घोचा हालेर प्राथमिक स्ट्रेचर बनाई गाडी पुग्ने स्थानसम्म ल्याएर उपचारको लागि अस्पताल भर्ना गरिएको हो । वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए । बेलबारी नगरपालिका–७, डाँगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । घटनाको बारेमा सोधिखोजी सुरु गरेको उनले बताइन् ।

चौधरीका अनुसार बेलबारी ७ स्थित एक आफन्त कहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोरासँग बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा रहेको बताइएको छ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीस्थित आफ्नाको घरबाट हिँडेका वृद्धलाई त्यसपछि जंगलमा छाडिएको हुनसक्ने वडाध्यक्ष चौधरीले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन् ।

Previous Post

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Next Post

कोशी प्रदेश : एक आर्थिक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly