साउन ६, सोलुखुम्बु । आज गुरु पुर्णीमा ।
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः“
अर्थात् “
गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शङ्कर हुन्,
गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।“ यो पुरुनो स्लोक जस्तै आफ्ना गुरु हरूको सम्मानमा आज देशैभर गुरुपुर्णिमा भव्यताका साथ मनाइएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पनि गुरुपूर्णिमाको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सदरमुकाम स्थित ह्वाइट हिल्स इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुले पनि गुरु पुर्णीमामा कार्यक्रमको आयोजना गरेका छन । सल्लेरी स्थित विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना शिक्षकहरूलाई सम्मानित गरेका छन ।
उनीहरूले प्रधानाध्यापक सन्तोष सुब्बा सहित २७ जना शिक्षकलाई विभिन्न उपहार प्रदान गरेका छन । भने नृत्य तथा संगित प्रस्तुत गर्दै साङ्गीतिक कार्यक्रम आयोजना गरेका थिए । विद्यार्थीहरू आफै जागरुक भएर आयोजना गरेको कार्यक्रमलाई प्रधानाध्यापक सुब्बाले प्रशंसा गरेका छन ।
पहिलो पाठशाला घर भएपनि जीवनको महत्वपूर्ण सिकाइ विद्यालयमा हुने भएकाले गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूको सम्मानमा यस्तो कार्यक्रमको आयोजना गरिएको कक्षा १० की छात्रा तथा टिचर्स डे कार्यक्रमकी सभापति छिरिङ शेर्पाले बताइन् ।
Discussion about this post