साउन ६, सोलुखुम्बु । कोशी प्रदेशमा यस वर्षको धान रोपाइ ८२ प्रतिशत बढी सकिएको छ । गत वर्षको यही समयमा प्रदेशमा धान रोपाइँ ७२ प्रतिशत मात्र थियो । कृषि विकास निर्देशनालय कोशीका अनुसार यस वर्षको धान रोपाइ प्रदेशका १४ ओटै जिल्लाहरूमा ८२ दशमलव ६८ प्रतिशत सकिएको हो ।
निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका उच्च पहाडी ३ जिल्लाहरू ताप्लेजुङ, सोलुखुम्बु र सङ्खुवासभामा ६८ दशमलव ६० प्रतिशत, मध्ये पहाडी ८ जिल्लाहरू खोटाङ, इलाम पाँचथर, भोजपुर, तेह्रथुम धनकुटा, ओखलढुङ्गा र उदयपुरमा ७५ दशमलव ६८ प्रतिशत र तराईका ३ जिल्लामा ८६ दशमलव २६ प्रतिशत धान रोपाइँ सकिएको छ । निर्देशनालयका वाली विकास अधिकृत भवानी बस्नेतका अनुसार हिमाली जिल्ला सोलुखुम्बुमा ७६ प्रतिशत धान रोपाइँ सकिएको छ ।
यस्तै सङ्खुवासभामा ६५ प्रतिशत र ताप्लेजुङमा ७२ प्रतिशत धान रोपाइँ सकिएको छ । यता पहाडी जिल्लाहरू पाँचथरमा ७१ प्रतिशत, इलाममा ९२ प्रतिशत, भोजपुरमा ८० प्रतिशत, तेह्रथुममा ६३ प्रतिशत, धनकुटामा ५३ प्रतिशत, उदयपुरमा ७२ प्रतिशत, ओखलढुङ्गामा ८० प्रतिशत, खोटाङमा ७६ प्रतिशत धान रोपाइँ भएको छ ।
यस्तै तराईका ३ जिल्ला मध्ये झापामा ८२, मोरङमा ९२ र सुनसरीमा ८३ प्रतिशत धान रोपाइ सकिएको हो । निर्देशनालयले साप्ताहिक प्रकाशन गर्ने रोपाइँ बुलेटिन गत ४ गते सम्मको हिजो ५ गते प्रकाशन गरेको थियो । प्रदेशभरि जम्मा २ लाख ७६ हजार ३ सय ८६ दशमलव ७२ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेको छ भने यस वर्ष को धान रोपाइँरोपाइँ हाल सम्म २ ला २८ हजार ५ सय १४ हेक्टरमा सकिएको छ ।
Discussion about this post