साउन ८, सोलुखुम्बु । ओखलढुंगा खिजिदेम्बाको एक घरमा आगलागि हुदाँ १० लाख बराबरको क्षति भएको छ । गत आइतबार दिउँसो खिजिदेम्बा गाउँपालिका ९ का ग्यालजी शेर्पाको ढुङ्गा, माटोले बनेको जास्ताको छानो भएको २ तल्ले घरमा आगलागि हुदाँ १० लाख बराबरको क्षति भएको हो ।
चुलोमा बालेको आगोबाट अचानक घरमा सल्कन गई घरभित्र रहेको लता कपडा, अन्नपात र भाडा वर्तनसहित घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले बताउनुभयो ।
आगलागिबाट १५ मुरी गहुँ,१ सय ५० पिस काठको कडी, १ थान सोलार प्यानल, टि.भि., सि.डी. सेट १ थान, नगद १८ हजार र लता कपडा गरि करिब १० लाख बराबरको क्षति भएको अधिकारी कार्कीले जानकारी दिनुभयो । आगलागिबाट मानवीय र चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post