साउन ८, सोलुखुम्बु । ओखलढुंगाको मानेभन्ज्याङमा अज्ञात समूहको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन् । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ९ का करिब ५० बर्षीय केशर प्रसाद बास्तोलालाई सोमबार मध्यराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका हुन् ।
धारिलो हतियार प्रहारबाट घाइते बास्तोलाको घाँटी, टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुगांका प्रहरी निरीक्षक एंवम सूचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बास्तोलालाई स्थानिय स्वास्थ्य चौंकीमा सामान्य उपचार पछि गाउँपालिकाको एम्बुलेन्स मार्फत काठमाण्डौ रेफर गरिएको र हाल ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । घटनामा संलग्न व्याक्तिको खोजीकार्य सुरु भएको भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post