साउन ८, सोलुखुम्बु । काठमाडौंको मित्रपार्क स्थित टेक्सास इन्टरनेशनल कलेजले ३ जना खालिङ समुदायका विद्यार्थीहरुका लागि छात्राबृत्ति उपलब्ध गराउने भएको छ । छात्रबृत्तिका लागि किरात खालिङ राई उत्थान संघले सोमबार कलेजसँग औपचारिक रुपमा सम्झौता गरेको हो ।
कलेजले कक्षा १२ तथा व्याचलर अध्ययन गर्ने खालिङ समुदायका विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रबृत्ति उपलब्ध गराउँनका लागि गरिएको द्विपक्षिय सम्झौता पत्रमा खालिङ संस्थाको तर्फबाट अध्यक्ष बलबहादुर खालिङ र टेक्सास इन्टरनेशनल कलेजको तर्फबाट कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा उत्कृष्ट जीपीए ल्याउने तथा आर्थिक विपन्न भएका खालिङ समुदायका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रबृत्ति दिइने छ ।
कलेजले खालिङ संस्थाको सिफारिसको आधारमा कक्षा १२ मा अध्ययनका लागि २ जना र ब्याचलर अध्ययनका लागि १ जना गरी जम्मा ३ जनालाई पूर्ण छात्रबृत्ति उपलब्ध गराउने छ । त्यस्तै कम्तिमा १० जनालाई आंशिक छात्रबृत्ति उपलब्ध गराइने छ । खालिङ संस्थाले टेक्सास कलेजको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने, कलेजको प्रचारमूलक सामाग्री विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलार्य वितरण गर्ने तथा संस्थाले लक्षित वर्गको विद्यार्थीहरुका लागि वार्षिक रुपमा आयोजना गर्ने शैक्षिक अभिमूखीकरण कार्यक्रममा कलेजलाई स्वतः प्रायोजकको राख्नेलगायतको बुदासमेत दुई पक्षीय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै संस्थालाई आवश्यक पर्दा कलेजको हल तथा अन्य स्रोतहरु उपयोग गर्न सक्ने पनि सम्झौता उल्लेख गरिएको छ ।
Discussion about this post