साउन १२, सोलुखुम्बु । बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका ओखलढुंगाका ७५ वर्षिय वृद्ध पक्राउ परेका छन् । चिशंखुगढी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ७५ को दान बहादुर कार्की प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
बाल यौन दुरुपयोग मुदामा दोषी ठहर भएका कार्की शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवंम सूचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो । उनलाई गत वर्ष २०७९ असार ३१ गते जिल्ला अदालत ओखलढुंगाले बाल यौन दुरुपयोग मुद्दामा ५ हजार रुपैयाँ जरिवाना र २ महिना १३ दिन कैद फैसला सुनाएको थियो ।
घटना पश्चात फरार रहेका कार्कीलाई खोजतलासको क्रममा शुक्रबार गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post