साउन १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ ले सञ्चालन गरेको वडा शिविरबाट दुई सय बढी नागरिकहरुले सेवा लिएका छन् । सोमबार र मंगलबार काठमाडौंको चाबाहिलमा आयोजना गरेको दुई दिने शिविरमा २ सय ४३ जनाले सेवा लिएका हुन् ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा सदस्य भलाकाजी कार्कीका अनुसार पञ्जिकरण सेवा २९ जनाले, सिफारिस ११ जनाले, सामाजिक सुरक्षा भत्ता दर्ता ६७ र मालपोत भूमिकर संकलन सम्बन्धि १३६ जना गरी कुल २४३ जनाले सेवा प्राप्त गरेका छन् ।
यस्तै ७० हजार २ सय ६० रुपैयाँ राजस्व समेत संकलन गरिएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पालेको भनाई छ । वडाबासीहरुको सहजतालाई मध्नजर गर्दै सेवा प्रदान गरिएको उल्लेख गर्नुभयो ।
Discussion about this post