साउन १७, सोलुखुम्बु । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Discussion about this post