साउन १८, सोलुखुम्बु । ओखलढुंगामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहिवार जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका –३ का ५१ वर्षिय पृथ्वी बहादुर राई मृत अवस्थामा फेला परेका हुन ।
घाँस काट्न जाने क्रममा एक स्थानिय महिलाले उनलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको अनुसन्धनका लागी जिल्ला प्रहरी कार्यलय ओखलढुंगाबाट प्रहरीको टोली खटिगई काननी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post