साउन १८, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहिरोमा टायर भासिएर जोखिममा रहेको बसको उद्धार गरेको छ । सिद्विचरण लोकमार्गमा पर्ने सोलुदुधकुण्ड नगरपालिका ६ लुम्जे खेल्सामा सडक भासिदा जोखिममा रहेको बसको प्रहरीले शुक्रबार बिहान उद्धार गरेको हो ।
सल्लेरीबाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख २३०१ नम्बरको बस सोही स्थानमा पुगेपछि सडक भासिएर फसेको थियो । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख द्वारीका प्रसाद घिमिरेको कमाण्डमा १० जना प्रहरीको टोली खटिगई बसको सकुशल उद्धार गरी गन्तब्यमा पठाइएको जनाइएको छ ।
उक्त पहिरो हटाउनका लागि प्रहरीले सडक डिभिजनको जेसिवि प्रयोग गरी सडक पुर्ण सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post