साउन १८, सोलुखुम्बु । संखुवासभाका एकै परिवारका चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम राख्न सफल भएका छन् । चार दाजुभाईले केटु हिमालको चुचुरोमा पुगेर विश्व कीर्तिमान राखेको गिनिज वल्र्ड रेकड्र्सको प्रमाण–पत्र प्राप्त गरेको आङ दावा शेर्पाले जानकारी दिनुभयो ।
संङखुवासभा जिल्ला को उत्तरी क्षेत्र मकालु गाउँपालिका वडा नं.–२ टाँसी गाउँमा जन्मिएका चार शेर्पा दाजुभाईले विश्वको दोस्रो अग्लो हिमाल केटुको गत वर्षको जुलाई २७ तारिखका दिन सफल आरोहण गरेका थिए । कीर्तिमान बनाउने आङ दावा शेर्पा, पेचुम्बे शेर्पा, मुक्तु ल्हाक्पा शेर्पा र ङिमा दोर्ची शेर्पा रहेका छन् ।
बिश्व किर्तिमानी आङ दावा शेर्पा लामो समय देखि निस्वार्थ भाबनाले दीन दुखीहरुको सेवामा सहयोग गर्दै आउनु भएको छ ।
Discussion about this post