साउन २०, सोलखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा कृषक पाठशाला सञ्चालन गरिएको छ । आईतबारबाट कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आयोजनामा किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला सुरु गरिएको हो ।
कृषि ज्ञान केन्द्र मार्फत चालु आर्थिक वर्ष २०८१/०८२ मा एक बाली अवधि अर्थात १६ हप्तासम्म सञ्चालन गरिएको बताईएको छ । रसायनिक विषादीको प्रयोगमा कमी ल्याउदै तरकारी खेतीमा अन्य बैकल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गरिएको ज्ञान केन्द्रका बाली संरक्षक अधिकृत एवंम सूचना अधिकारी कुल बहादुर राईले जानकारी दिनुभयो ।
पाठशालाले कृषकहरुलाई तरकारी खेती सम्बन्धित परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादनमा वृद्धि गर्न टेवा पुर्याउने केन्द्रले जनाएको छ । तालिमले खेर गएका स्रोतको सदुपयोग गरी आर्गानिक तरकारी उत्पादन गर्न सहयोग पुग्ने बताइएको छ ।
कृषि प्राविधिकले कृषककै बारीमा गएर तालिम दिँदा किसानहरु समेत उत्साहित भएका छन् । उक्त तालिममा १६ जना कृषकहरुको सहभागिता रहेको छ ।
Discussion about this post