साउन २१, सोलुखुम्बु । सोलुखुम्बुको नेविसंघ तदर्थ समिति विधि र विधानमा नचलेको भन्दै सचिव बिभुषण राईले राजीनामा दिनुभएको छ । उहाँले सोमबार उहाँले एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएको जानकारी दिनुभएको हो ।
उहाँले अधिवेशन गराउने गरी तदर्थ समिति गठन भएको तर तदर्थ समिति विधि र विद्यान विपरित विद्यार्थीको हक हितका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा अगाडि बढेकाले र हालसम्म अधिवेशन हुन नसकेकाले आफूले पदबाट राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उहाँले विगत केहि समय देखि अधिवेशन चाँडै गर्नुपर्ने माग गर्दैै आउनुभएको थियो । राई लामो समयदेखि सोलुखुम्बुमा विद्यार्थी राजनीति गर्दै आउनुभएको छ । हालसम्म उहाँले सोलुखुम्बुका शैक्षिक क्षेत्रमा आफै उपस्थिति भएर इकाई कार्यसमिति गठन गरिसक्नु भएको छ ।
Discussion about this post