साउन २८, सोलुखुम्बु । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा बिहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको छ । दरबारमार्गस्थित एक होटलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको संयोजकत्वमा गठित मूल समारोह समितिले विषेश कार्यक्रम गर्दैछ। राष्ट्रिपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहान साढे ९ बजे मूल समारोह शुरु हुने राष्ट्रिय युवा परिषदका प्रशसकीय प्रमुख दिनेश घिमिरेले जानकारी दिए।
मूल समारोहपछि आजैदेखि दुईदिने युवा समिट पनि आयोजना गरिँदैछ। समिटमा देशभरबाट छानिएर आएका २० वर्ष मुनिका १५० जना युवा सहभागी हुनेछन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवा उमेरका मानिसको संख्या एक करोड २४ लाख १२ हजार १७३ अर्थात ४२.५६ प्रतिशत छ।
Discussion about this post