साउन २८, सोलुखुम्बु । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आईतवार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ ।
Discussion about this post